नियम ११३
अख्तियारबाला छेउ फैसला वा आदेश पठाउने
आफूसमक्ष पेस भएको मुद्दामा मिसिलबाट कुनै राष्ट्रसेवकले देहायको कुनै काम गरेको देखिएमा न्यायाधीशले आवश्यक सम्झे सो कुरा फैसला वा अन्तिम आदेशमा उल्लेख गरी सो फैसला वा आदेशको प्रतिलिपि सम्बन्धित अख्तियारवालासमक्ष पठाउन आदेश दिन सक्नेछः-

(क) कुनै गैरकानूनी काम गरेको, (ख) कानून बमोजिम पालन गर्नुपर्ने कर्तव्य जानी-जानी पालन नगरेको वा त्यस सम्बन्धमा बद्रियत वा गम्भीर लापरबाही गरेको, वा (ग) आफ्नो पदअनुरूपको आचरण नगरेको ।